काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो। सुदुरका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए। शतक नजिक पुगेका जैव रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। उनले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरे। कप्तान दिपेन्द्रसिंह ऐरिले ३९ र स्कट कुग्लेजिन ११ रनमा अविजित रहे।
त्यसअघि ब्राण्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे। ६.३ ओभरमा १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
आरिफ शेख शुन्य रनमा नै सिमोन्डको बलमा सादविन जफरको हातबाट क्याच आउट भए। लुम्बिनीका रामोनले दुई विकेट लिए। रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए।
प्रतिक्रिया