एनपीएलः पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै


काठमाडाैं। 

आज नेपाल प्रिमियर लिग (एनपीएल) को बार्हाै  र तेर्हाै खेल हुदैँछ । आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयलका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरु हुनेछ ।

 आज हुने पहिलो खेलमा लुम्बिनवाट राेहितकुमार पाैडेल र सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरी नेतृत्व गर्नेछन्  । 

 एनपीएल गत शुक्रवारवाट सुरु भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

 
लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

 सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।