काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितव राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।
शुक्रबार बिहान टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको हो।
चितवनका रवि बोपारा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३ रन बनाउँदा विपिन रावल ११ रनमा आउट भए। कर्णालीका लागि विपिन शर्माले ३ विकेट झारे।
उनले आफ्नो स्पेलमा २१ रन खर्चे। जिसन मक्सुदले २ विकेट लिए। सोमपाल कामी, नन्दन यादवले समान एक विकेट आफ्नो नाममा गरे।











प्रतिक्रिया