काठमाडौं ।
हिमरश्मि र एन्जल्स हार्ट तेश्रो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६–१२ र एन्जल्स हार्टले रोजमेरीलाई २९–२० ले हराएका हुन्।
हिमरश्मिका अजय खत्रीले ७ र एन्जल्सका अदित पुनले १४ अंक जोडे । जुनियर ब्वाइजमै जीवन ज्योतिले पद्मचक्रलाई १४–१० र श्रृजना ज्ञान सागरले काभ्रेस्थलीलाई २०–१८ ले हराउँदैं अन्तिम आठमा स्थान सुरक्षित गरे। जीवन ज्योतिका आयुश तामाङले ८ तथा श्रृजना ज्ञान सागरका विप्लव लामिछानेले ६ अंक बटुले।
तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको गल्र्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८–१६, हिमरश्मिले पद्मचक्रलाई २८–१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९–१५ र मानसिंहले एन्जल्सलाई २२–१४ ले पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान बनाए।











प्रतिक्रिया