बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ


काठमाडौं ।

बैकिङ कसुर मुद्दाका प्रतिवादी एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गलकोट नगरपालिका वडा नं. २ स्थायी ठेगाना भई हाल काठमाडाैं सुकेधारा कमल थापा रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट ११ गते थापालाई पक्राउ अनुमति आएकाे थियाे ।

प्रहरी टोलीले खोजतलासकाे क्रममा १९ गते काठमाडाैं महानगरपालिका वडा नं. ४ सुकेधाराबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि कास्की पठाइएकाे छ ।