एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। रियल एथलेटिक क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो।

एथलेटिक क्लबका लागि बेरेन्गुरले ५३ मिनेट र गुरुजिटाले ८० मिनेटमा गोल गरेका थिए।  रियलका लागि एक गोल जुद बेलिंघमले खेलको ७८ मिनेटमा गरे। ७८ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा ल्याए पनि रियलले हार टार्न सकेन। खेलको ६८ मिनेटमा पेनाल्टी पाउँदा रियलका किलियन एम्बाप्पे चुकेका थिए।

त्यो पेनाल्टी मिस नै रियलको हारको कारक बन्यो। ला लिगामा १५ खेल खेल्दा रियलको ३३ अङ्क छ। एथलेटिकोको १६ खेलमा २९ अङ्क छ। रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनाको ३७ अङ्क रहेको छ।