एनपीएल: पोखराविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर



काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो। जारी एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ।

एनपीएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो। यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो। आजको दोस्रो खेल सोही मैदानमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दिउँसो १ बजे हुनेछ ।