ललितपुर ।
गोदावरी नगरपालिका अन्तर वडाव्यापी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुँदै छन्।
गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार टाहाखेल मैदानमा हुने पहिलो खेलमा वडा नम्बर ६ टीकाभैरब र वडा नम्बर २ विशखुनारायणबीच प्रतिस्पर्धा हुँदै छ।
खेल मध्यान्ह १२ बजे सुरु हुने छ। वडा नम्बर ४ बडिखेललाई २–० ले हराउँदै वडा नम्बर २ विशंखु नारायण सेमिफाइनलमा पुगेको हो भने टीकाभैरब वडा नम्बर १४ ठैव बाँडेगाउँलाई ५–० ले पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो। विशंखुले आफ्नो पहिलो खेलमा वडा नम्बर ५ लेलेलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने टीकाभैरब सिँधै बाइ पाएर अन्तिम आठमा पुगेको थियो।
मेयर कपमा आजै दिउँसो साढे २ बजे वडा नम्बर ११ चापागाउँ र वडा नम्बर ३ गोदावरीबीच दोस्रो सेमिफाइनलको खेल हुने छ।
चापागाउँले वडा नम्बर ७ देवीचौरलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो भने वडा नम्बर ३ ले वडा नम्बर १ गोदामचौरलाई ४–० ले पाखा लगाएर अन्तिम चारमा पुगेको हो।
यसअघि चापागाउँ सिँधै बाइ पाएर क्बार्टरफाइनलमा पुगेको थियो भने गोदावरी वडा नम्बर १० लाई ४–० ले हराएर अन्तिम आठमा पुगेको थियो। गोदावरी नगरभित्रका वडाहरुबीच हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ।
करिब ७ महिनाअघि पनि यही रङ्गशालाको मैदानमा पहिलो उपत्यकाव्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो।











प्रतिक्रिया