काठमाडौं ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले यही मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ।
भ्रमणको दौरान उहाँलाई भारतका राष्ट्रपति द्रोपती मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुहुने कार्यक्रम रहेको छ। सो अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम समेत रहेको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापतिमा नियुक्त भएपछि नेपाल र भारतबिच एक अर्काको देशमा गएर मानार्थ महारथीको दज्र्यानी चिन्ह लिने चलन पहिलादेखि चल्दै आएको छ। यसअघि भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएर मानार्थ महाराथीको दज्र्यानी चिन्ह लिएर स्वदेश फर्कनु भएको थियो।











प्रतिक्रिया