काठमाडौं ।
नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले १९२ रनको लक्ष्य पार गर्नु पर्ने भएकाे छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिधालयकाे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेकाे हाे ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाएका थिए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, रोजेश पुलामी र इस्मत आलमले समान एक–एक विकेट लिएका छन् ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा भइरहेकाे छ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने भएका हुन, सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू भएकाे थियाे ।
जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्ससँग पराजित भएर आएको बिराटनगर र पहिलो पटक खेल्न आएको लुम्बिनी लायन्स पहिलो पटक प्रतिस्पर्धामा हुन लागेको हो । याे खेलमा बिराटनगर किंग्सवाट सन्दीप लामिछाने र लुम्बनी लायन्सवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
प्रतिक्रिया