काठमाडौं ।
काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।
बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवालकाे शव भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरेकाे छ ।
प्रतिक्रिया