काठमाडौं ।
दृष्टिविहिन न्यून दृष्टियुक्त व्यक्तिहरु र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका व्यक्तिहरुलाई पुस्तक र सामग्रीको पहुँचयोग्य स्वरुपमा उपलब्ध गराउन सहयोग गर्ने मराकस सन्धी अन्तराष्ट्रिय प्रतिलिपि अधिकार कानून कार्यान्वयनमा जोड दिएको छ ।
नेत्रहिन संघद्वारा ३३ औं अन्तर्राष्ट्रिय अपांगता भएका व्यक्तिहरुको दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला निकायका व्यक्तित्वहरुले मराकस सन्धी नेपालले अनुमोदन गर्नुपर्नेमा जोडएका हुन् ।
नेपाल नेत्रहिन संघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले मराकस सन्धीबारे कार्यपत्र प्रस्तुत गर्दै सन् २०१३ जुन २७ गते संयुक्त राष्ट्रसंघको आयोजनामा मोरक्को देशको मराकेश शहरमा भएको भेलाले स्वीकृत गरेको सो महासंन्धिलाई विश्वका ९७ देशले अनुमोदन गरिसके पनि दृष्विटविहिनको शिक्षामा पहुँच पुर्याउँने यस महासंन्धिलाई अनुमोदन हुन नसक्दा अपांगता भएका व्यक्तिहरु संविधानले व्यवस्था गरेको शिक्षाको अधिकारबाट बन्चित रहेको बताए ।
उनले हालसम्म विकसित मुलुकका ७ देखि १० प्रतिशत दृष्टिविहिनको शिक्षामा पहुँच पुगेको र नेपाल जस्तो अविकसित मुलुकका १ प्रतिशत दृष्टिविहिनको शिक्षामा पँहुच पुगेकाे बताएका छन् ।
त्यसैगरी नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार पुण्य माया गुरागाईले नेपालले मराकस सन्धी अनुमोद गरे अपांगता भएका व्यक्तिहरुको शिक्षाको अधिकार कानूनी रुपमै स्थापित गर्न सहयोग पुग्ने बताए । उनले मराकस सन्धि अनुमोदनका लागि मन्त्री परिषदमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै सरोकारवाला बीच छलफल भएर छिट्टै अनुमोदन हुने विश्वास व्यक्त गरेका ।
राष्ट्रिय अपांग महासंघका अध्यक्ष देवीदत्त आचार्यले अपांगता भएका व्यक्तिको शिक्षा पाउने अधिकार कार्यान्वयनका लागि यस सन्धिको अनुमोदन गर्न सरकारले चासो दिनुपर्ने बताए । नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले संघले यस बर्ष मराकस सन्धी अनुमोदनका लागि पैरवी गर्ने उदेश्यले प्रमुख मुद्धाका रुपमा उठान गर्ने बताए ।
उनले विविध कारणले दृष्टिविहिन अपांगता भएका व्यक्तिहरु शिक्षाको पँहुच बाहिर हुँदा सीपमुलक वा बौद्धिक काम गर्न नपाएर बाटो बाटोमा मागेर खानुपर्ने, बहुँ अपांगताको सिकार हुनुपर्ने, परिवारको बोझ बन्नुपर्ने समस्याको अन्त्यका लागि मराकस सन्धिको अनुमोदन गरेर शैक्षिक सामग्रीलाई ब्रेल लीपीमा रुपान्तरणको बाटो खुलाउँनु पर्नेमा जोड दिए ।
सन्धी पारित गर्नका लागि संसदमा खेल्नुपर्ने भूमिकाका लागि आफुहरु तयार रहेको नेकपा माओवादी केन्द्रका सचेतक रुपासोशी चौधरीले प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपाली कांग्रेसका सचेतक शुशिला थिङले अब आउँने हिउँदे अधिवेसनमा मराकस सन्धि अनुमोदनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया