हेटौंडा ।
मकवानपुर उद्योग वाणिज्य संघको आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । पुस २४ गतेदेखि २७ गतेसम्म हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
यस अधिवेशनमा २ भन्दा बडी प्यानलमा चुनाब हुने आँकलन गरिएको छ । अग्रवालले भने आफूले अध्यक्षमा उम्मेदवारी दिने बताए । उनी वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघका १७ वर्षदेखि विभिन्न पदमा रहेर काम गर्दै आएका अग्रवालले अब वरिष्ठ उपाध्यक्षपछि अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्। मकवानपुर जिल्लामा तीन पुस्तादेखि व्यवसाय गर्दै आएका अग्रवाल हेटौंडाका पुराना व्यवसायी हुन् ।
हेटौंडा जेसिज, लायन्स क्लब हुँदै हाल रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अग्रवालले चुनाबी मैदानमा उत्रँदा प्यानल बनाएर अगाडि बढ्ने बताएका छन् । हाल महासचिवमा तेजराज अधिकारी, वस्तुगत् सचिवमा नेत्रप्रसाद खतिवडा रहेको उनले बताए । हेटौंडाका व्यवसायी माधव ज्ञवालीले कोषाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ । हालसम्म कुन समूहबाट उम्मेदवारी दिने भन्ने तय नभए पनि उनले कोषाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको हो ।
प्रतिक्रिया