नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरद्वारा निःशुल्क स्कुटर प्रदान


काठमाडौं ।

 नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरले नि:शुल्क स्कुटर प्रदान गरेको छ । Ayo user एपको माध्यमबाट राइड सेयरिङ सेवा दिँदै आएका राइडर दीपक गोलेलाई निःशुल्क स्कूटर उपलब्ध गराएको हो ।

मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गोलेलाई कम्पनीका कार्यकारी निर्देशक इभाना मानन्धरले टिभीएस कम्पनीको स्कूटरको चाबी हस्तान्तरण गरिन । उक्त स्कुटरको बजार मूल्य २ लाख ८० हजार मूल्य पर्न जान्छ ।   स्कुटर उपहार पाएका गोलेले नेपालमा धेरै राइड सेयरिङ भएपनि नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो भएको बताए । 

उनले भने– ‘नेपालमा धेरै राइड सेयरिङ छन, नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो छ । तर नेपालीहरुलाई नै सहयोग गरौं भनेर निरन्तर अनलाइन बसीरहेँ । ५–६ किलोमिटरको दूरी सम्म पनि  निस्वार्थ भावनाले नेपाली हो भनेर सहयोगका लागी राइड उठाउन जान्थेँ ।’ आफुले लामो समय यही क्षेत्रमा काम गरिरहेपनि खासै फाइदा नभएको तर नेपाली भएर नेपाली कम्पनी र नेपाली दिदी बहिनी दाजुभाइलाई सहयोग गर्नपाएकोमा उनि सन्तुष्ट देखिएका छन् ।  यस अघि गोलेले भने– ‘कर्म गर फलको आस नगर भनेर गितामा भनेजस्तै आज मैले केही आस नगरेपनि स्कुटर उपाहार पाउँदा धेरै खुसी छु । म अरु राइडर साथिहरुलाई समेत नेपाली राइड सेयरिङलाई सहयोग समर्थन गरौं भन्न चाहान्छु ।’

भरोसा नेटवर्क प्रालिले नेपाली एप कम्पनी ( Ayo user ) मार्फत राइड सेयरिङको बजार विस्तार गरी नेपालीलाई रोजगारी र सेवा उपलब्ध गराउदै आएको छ । राइड सेयरिङ देखि व्यापारमा समेत विदेशी कम्पनीहरुको बर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगो हुन नसकेको बेला भरोसाले नेपालीहरुकै लागी विशिष्ट सेवा दिएर बजारमा नेपालीको छाप छाड्न खोजेको जनाएको छ । सो एपमा अहिले  करिव ३ हजार राइडर आवद्ध भएपनि ७५–१०० राइडरहरु नियमित सेवामा छन् । 

कम्पनीले वाइक नभएर वेरोजगार भएका तर, आयो राइडरमार्फत स्वरोजगार बन्न चाहाने युवाहरुका लागी सुलभ शुल्कमा दैनिक मोटसाइकल तथा स्कुटर उपलब्ध गराउने समेत बताएको छ  । यो एप एक ठाउँबाट अर्को ठाउँ सम्म सामान ओसारपसार गर्न मोटसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीले दाबी गरेको छ ।