काठमाडौँ।
एसीसी यू–१९ एसियाकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो ।
लक्ष्य पछ्याउने क्रममा नरेन साउदले सर्वाधिक २६, हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको पारी खेले ।
कप्तान धामीले अविजित रहँदै नेपाललाई जीतसम्म डोहोर्याए।
यसअघिका खेलमा नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो ।
आजको नतिजासँगै अफगानिस्तानले भने जीतविहीन रहँदै प्रतियोगिता टुंग्याएको छ ।
नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमीफाइनलमा पुगेका छन् ।











प्रतिक्रिया