काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडाध्यक्षरोजिना श्रेष्ठलाई महानगरपालिकाका प्रमुख बालेन शाहले मंगलबार शपथ ग्रहण गराएका छन् ।
मंगलबार एक कार्यक्रमका बिच महानगर प्रमुख शाहले नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।
उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै श्रेष्ठ निर्वाचित भएकी थिइन् ।
२ हजार ९ सय २ मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागि थिए ।
प्रतिक्रिया