काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा रवि बोपारको अर्धशतक मद्दतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।
३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।
लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।











प्रतिक्रिया