काठमाडौं ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बयानका लागि चितवन लगेको छ। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान प्रहरीले जहाजमार्फत चितवन लगेको हो।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याएको थियो। लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो।
काठमाडौंमा बयान सकिएसँगै उनलाई चितवन लगिएको हो। उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृतिसमेत दिइसकेको छ। उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।











प्रतिक्रिया