नवलपरासी।
पश्चिम नवलपरासीमा जंगलबाट निस्ककाे निल गाईले हानेर साेमबार बेलुका २ जना घाइते भएका छन् ।
घाइते हुनेमा सुनवल नगरपालिका वडा नं. ६ विसासयका ६० वर्षीय शेषनाथ कुवर र स्थानीय पुल टाेलका ६५ वर्षीय रामबहादुर खाती रहेको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ रेशम बोहराले बताए ।
नीलगाईले हान्दा हात,खुट्टा र छातीमा चाेटलागेका दुबै घाईतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पटाइएको छ ।
स्थानीयलाई गाउँ पसेर हान्दै हिँड्ने नीलगाई एकाएक जंगल तर्फ भागेकाे प्रहरीको भनाइ छ ।
प्रतिक्रिया