मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित


मोरङ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै माझी अध्यक्षमा निर्वाचित भएका हुन्।

माओवादी उम्मेदवार माझी ६ हजार ९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका सरदार थारुले ५ हजार ३३३ मत पाए। एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरेका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।