काठमाडौं ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने विजयी भएकी छन्। उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले ३ हजार १४७ पाइन् । नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ ल्याइन्। रास्वपाकी उम्मेदवार पार्वती पुनले १७९ मत पाउँदा राप्रपाकी उम्मेदवार सुनिता पुन रावलले ५८ मत प्राप्त गरिन् ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्। २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन भएको हो।











प्रतिक्रिया