बाजुरा ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।
आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरिन्। कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। तत्कालीन उपाध्यक्ष जोशीको निधन भएपछि उपनिर्वाचन भएको हो।











प्रतिक्रिया