बझाङ ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा विजयी भएका छन् । उनी छ सय ५७ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्र पाए ।
कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतबार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो।
प्रतिक्रिया