गढीमाई नगरपालिका-८ को अध्यक्षमा एकीकृत समाजवादी विजयी


काठमाडौं ।

रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए।