महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी


काठमाडौं ।

आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकामा एमाले उम्मेदवार जङ्ग बहादुर शाही विजयी भएका छन् । कांग्रेसका झलक कुमार भण्डारीलाई पराजित गर्दै शाही अध्यक्षमा विजयी भएका हुन्। शाही र भण्डारी बीचको मतान्तर ४५२ रहेको छ।

विजयी शाहीले ३१२७ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २६७५ मत प्राप्त गरे । दैलेखकै दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदमा पनि एमालेका लाल बहादुर शाही विजयी भएका छन् । उनले ५७४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका रेशम बहादुर शाहीले ५७१ मत पाए।