गुल्मी ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन्। उनले ११८४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९३० मत पाए। वडा अध्यक्षमा कांग्रेसका श्रेष्ठले २५४ मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । ०७९ सालमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा हुँदा जम्मा ४३ मतले वडाअध्यक्षमा पराजित भएको वडा हो । तर यसपटक एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा हुँदा एमाले झन कम्जोर बनेको छ।
माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले ५ मत पाएका छन्।











प्रतिक्रिया