उपनिर्वाचन अपडेट : सर्केगाड गाउँपालिकामा ३५९४ मत खस्यो


हुम्ला ।

 हुम्लाको सर्केगाड गाउँपालिकामा उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउसोको १ बजे सम्ममा  ३ हजार ५सय ९४ मतदान भएको मुख्य निर्वाचन अधिकृत  शम्भु प्रसाद बराले जानकारी दिए । 

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी  नारायण पाण्डेले बताए । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । 

उक्त पदका लागि एक स्वतन्त्रसहित ६ जना प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उपध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा निधन भएपछि उपनिर्वाचन भएको हो। 

सर्केगाड गाउँपालिकामा उपध्यक्षको लागि  नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले प्रतिस्पर्धी छन् ।