एनपीएल : जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य


काठमाडाैं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो । 

 विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेलेका थिए भने ५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्न सफल भए ।

 अकिब इल्यासले १५ रन बनाउँदा ओपनर लोकेश बम पाँच रनमा आउट हुन पुगेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिइरहदाँ किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन  र बेन माइकले एक विकेट लिएका थिए ।

 पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।