शारडा ग्रुपले उत्कृष्ट क्रिकेटरलाई गाडी दिने


काठमाडौँ।

शारडा ग्रुपले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई गाडी प्रदान गर्ने भएको छ ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा गत मंगलबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका थिए ।

साथै एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेइको’ले एनपिएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १५ गतेदेखि एनपीएल २०२४ सुरु हुँदैछ । एनपिएलको पहिलो संस्करणमा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ ।