काठमाडौँ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याउँदैछ ।
उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । लामिछानेलाई गत मंगबार काठमाडौं ल्याइने भनिएको थियो । तर, काठमाडौंका एसएसपी छुट्टीमा भएकाले उनलाई काठमाडौं नल्याइएको हो ।
सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । हाल लामिछाने कास्की प्रहरीको हिसातमा छन् ।
प्रतिक्रिया