काठमाडौं ।
बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा बायर्नले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो।
बायर्न म्युनिखको जितमा खेलको ३८औँ मिनेटमा किम मिन जाइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यस खेलमा खेलको ५६औँ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि बायर्न म्युनिख ५ खेलमा ९ अङ्क सहित ११औँ स्थानमा उक्लिएको छ भने पीएसजीको ५ खेलमा केवल ४ अङ्क रहेको छ र २६औँ स्थानमा रहेको छ।
प्रतिक्रिया