चौधरी ग्रुपमा लागेको ताला खुल्यो

9.49k
Shares

नवलपरासी। 

विगत केही दिन देखि पूर्वी नवलपरासीकाे दुम्काैली स्थित चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कमा लागेको ताला मंगलबार खुलेको छ।

स्थानीय,वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समिति र चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कका बीच भएको सहमति पछि उद्योग ग्रामको मूल गेटमा लागेको ताला खुलेको हो ।

उद्योग र स्थानीय बीच भएको छ बुँदे सहमति अनुसार अब उप्रान्त उद्योगले आफ्नो भुसे व्वायलरलाई प्रदूषण नियन्त्रणकाे मापदण्ड भित्र राखेर मात्र सञ्चालन गर्नु पर्ने छ ।

व्वायलर बिग्रेमा स्थानीय स्तरमा प्रदूषण फैलन नदिन नयाँ व्वायलर जडान गर्नु पर्ने,उद्योग ग्राम भित्र संचालित ईटिपी प्लान्टकाे छमता बढाई १५ सय केएलडी बनाईनु पर्ने कुरा उद्योगले सहमति गरेको छ ।

त्यसै गरी  उद्योग परिसरबाट निस्कने दुर्गन्धित पानीकाे निकासलाई पाइप लगाई राजमार्गको पक्की नाला कटाउनु पर्ने सहमतिमा उल्लेख छ ।

सिएसआरकाे रकम वाड सिफारिसकाे याेजना मुताबिक कार्यान्वयन गरिनु पर्ने सहमति भएको छ ।

उद्योगले स्थानीय स्तरमा बारम्बार प्रदूषण गरी  रहने र नियन्त्रणबारे चासो नदिने गरे पछि आजित बनेका देवचुली २ का जनताले सहमति कार्यान्वयनका लागि अनुगमन समिति पनि बनाएका छन् ।

सहमतिकै बुँदामा संलग्न गरेर गठित अनुगमन समितिमा जिल्ला प्रशासन,जिसस,वन तथा उद्योग कार्यालयका प्रतिनिधि,स्थानीय सङ्घर्ष समिति,वडा एवं टोल सुधार समितिका प्रतिनिधिले मासिक रूपमा प्रदूषणबारे अनुगमन गर्ने सहमतिमा उल्लेख छ ।

सहमति पत्रमा वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्मा र चौधरी ग्रुप व्यवस्थापनको तर्फबाट वरिष्ठ  महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गरेका छन् ।