एजेन्सी ।
भारतीय क्रिकेटर तथा विकेटकीपर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन्।
सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो। गत सिजनमा दिल्ली क्यापिटल्समा रहेका ऋषभको न्यूनतम मूल्य २ करोड भारु रहेको थियो।
सुरुमा लखनउले नै ऋषभमाथि चासो लगाएको थियो। त्यसैगरी रोयल्स च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादले पनि ऋषभमाथि चासो देखाएका थिए।
लखनउले उनलाई २० करोड ७५ लाखमै ऋषभलाई अनुबन्ध गर्न नजिक पुगेको थियो । तर दिल्लीले राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गरेपछि लखनउले २७ करोड खर्चिनु पर्यो।
यसअघिका सर्वाधिक मुल्य पाउने खेलाडीमा श्रेयस अय्यर रहेका थिए। यसै अक्सनमा अय्यरलाई पन्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो। ऋषभलाई नकिन्जेलसम्म श्रेयस १५ मिनेटका लागि आईपीएलकै सर्वाधिक महंगा खेलाडी बनेका थिए।
यस्तै, यस सिजनमा तेस्रो महंगा खेलाडी बेन्केटश अय्यर भए। २ करोड न्युनतम मूल्यबाट शुरु भएको अक्शनमा उनलाई गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले २३ करोड ७५ लाख भारुमा किनेको हो।
गत सिजनमा कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी आईपीएलकै इतिहासमा सर्वाधिक महँगा खेलाडी भएका थिए। यसपटक उनको मूल्य ११ करोडमा झरेको छ।
१२ खेलाडीको अक्सन सकिंदा सर्वाधिक कम मुल्य पाउनेमा डेभिड मिलर र लियाम लिभिङस्टोन रहेका छन्। मिलर ७ करोड ५० लाख र लिभिगंस्टोन ८ करोड ७५ लाखमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका हुन्।
प्रतिक्रिया