खोटाङ ।
“मेरो गोल, लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित खोटाङमा आयोजना गरिएको खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि हलेसीले चुमेको छ।
सोमबार सम्पन्न फाईनल खेलमा पद्मा स्पोर्टस क्लब, ओखलढुंगालाई पराजित गर्दै हलेसी तुवाचुङ नगरपालिका महादेवस्थानले उपाधि जित्यो। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरमा हलेसी बिजयी भयो।
१६ टिम सहभागी प्रतियोगिताको उपाधि जितेसँगैंं हलेसीले नगद १ लाख १० हजार १ सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्यो। यस्तै, ओखलढुंगाले ५५ हजार ५ लाख ५५ रूपैयाँ नगद प्राप्त गरेको थियो । सेमिफाइनलमा पराजित भोजपुर र जन्तेढुंगा गाउँपालिकालाई भने समान नगद २२ हजार २ सय २२ प्रदान गरिउको थियो ।
प्रतियोगिताका बेष्ट प्लेयर हलेसीका प्रतिक्षा ठकुरी घोषित भइन् । उनले नगद एक हजार ५ सय ५५ प्राप्त गरेकी थिइन्। डिफेण्डरमा हलेसीका कर्सा ओली, मिडप्लेयरमा ओखलढुंगाकी खुस्मा राई, हाई स्कोररमा ओखलढुंगाकी शुक्रिया मियाँ, कीपरमा हलेसीका सुजाता तामाङ र कोचमा हलेसीका लोकेन्द्र केसी उत्कृष्ट भए । उनीहरूले जनही नगद एक हजार एक सय ११ रुपैंयाँ प्राप्त गरे।
प्रतिक्रिया