चन्द्रनिगाहपुर अस्पतालको सेवा बिस्तार 

4.89k
Shares

रौतहट ।

 रौतहटको चन्द्रनिगाहपुर अस्पतालको सेवा बिस्तार हुने भएको छ । यसअघि चन्द्रनिगाहपुर अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, ओपिडी, प्रयोगशाला, एक्सरे, डे«सिङ्ग, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बीमा सेवा सञ्चालन गर्दै आएकोमा आगामी दिनमा ट्रमा सेन्टर सञ्चालन गर्ने भएको हो ।

 ट्रमा सेन्टर संचालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्दनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर संचालनको लागि अति आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । एनएस थेसीया, भेन्टिलेटर, ओटी टेबल सेट, ओटी लाईट सेट, आइसियु बेडसहित सेटअफ लगायत ट्रमाको लागि चाहिने २ सय भन्दा बढी उपकरण चन्द्रनिगाहपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

 मधेश प्रदेशको राजमार्गसंग जोडिएको रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीहरुलाई राहत पुग्ने जनाइएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब १ करोड ६० लाख मूल्यका सामग्री चन्द्रनिगाहपुर अस्पताल लाई हस्तान्तरण गरेपछि यसको कार्यविधि बनाएर सञ्चालनमा ल्याइने मेसु अभिनन्दन श्रीबास्तबले बताए । 

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री  जीतेन्द्र यादबले मधेश प्रदेशका नागरिकको स्वास्थ्य संवेदनशीलता लाई ध्यान दिई स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश सरकार बिभिन्न निकाय संगको सहकार्यमा अघि बढने बताए । सडक दुर्घटना, प्राकृतिक विपत्तिका कारण मानवको अकालमा ज्यान नजाओस् भन्नका लागि चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

 लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले राजमार्गसंग जोडिएको चन्द्रपुरमा ट्रमा सेन्टरको आवश्यक रहेको बताउदै  उनले लायन्सले बिभिन्न परियोजना मार्फत शिक्षा, स्वास्थ्य डाईबिटिज रोग जस्ता क्षेत्रमा कार्य गर्दै आइरहेको बताए । 

चन्द्रपुर अस्पताल ब्यबस्थापसन समितिका अध्यक्ष एबम नगरप्रमु्ख संजय काफलेले ट्रमा सेन्टरको लागि उपलब्ध सामग्रीको उपयोगमा ल्याउन यसक्षेत्रका नीजि हस्पिटल संग समेत सहकार्य गरिने बताए । सो कार्यक्रमको सञ्चालन दीपक घिमिरेले गरेका थिए। 

 चिकित्साक्षेत्रमा कार्यरत चन्द्रनिगाहपुर अस्पतालका डाक्टर श्रीअभिनन्दन श्रीबास्तब, चन्द्रपुर हस्पिटल प्रालिका डाक्टर सुबास चौधरी, र चन्द्रनिगाहपुर अस्पतालका कार्यालय सहयोगी रवीन्द्र चौधरी लाई सम्मान गरिएको छ ।