बाजुरा।
हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन विस्तारको क्रममा रुखले च्यापिएर घाइते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन विस्तारका लागि सल्लाको रुख काट्ने क्रममा गम्भीर घाइते भएका अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनारलाई नेपाली सेनाको हेलिकप्टर बाट सोमबार बिहान उद्धार गरिएको हो । उनीहरुको ढाड र खुट्टामा गम्भीर चोट लागेको छ , प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने ।
कादुरी संस्थाले उपचार खर्च ब्यहोर्ने गरी हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार गरिएको हो । उनीहरूलाई उद्धार गरी सुर्खेत पुु¥याईएको छ । सम्भव भए सुर्खेतमै उपचार हुन्छ नभए रिफर गर्छन्। उनीहरुको उद्धारका लागि हिजो नै हेलिकप्टरको पहल भएपनि रातपरी सकेकाले रोकिएको थियो प्रजिअ पाध्याले भने ।
घाइते दुवै जनाको हिजो राति स्वास्थ्यकर्मीको टोलीले घरमै उपचार गरेको र अहिले थप उपचारका लागि सुर्खेत पठाइएको स्थानीय उमेश रोकायाले जानकारी दिए ।
सोही घटनामा घटनास्थलमै ज्यान गुमाएका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको शव पोस्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याउँदै गरेको जनाइएको छ । भीरमा गएर रुख काटेको तल ढल्नुपर्ने पेड हावाले माथि ढल्दा यताउति भाग्ने ठाउँ नपाएर रुखमा च्यापिएर एकको घटना सथलमै ज्यान गयो भने दुुईजना सख्त घाइते भएका हुन्। हिमाली तिन युनाका वडाध्यक्ष मंगल बुढाले भने । बाजुराको हिमालीमा विकट गाउँ युनामा बिजुली बाल्न कादुरी नामक संस्थाले विगत देखि काम गर्दै आएको ।
प्रतिक्रिया