ललितपुरमा खुल्यो युनाइटेड क्लब


ललितपुर। 

ललितपुरको थती टोलमा युनाइटेड क्लबको शुभारम्भ भएको छ । शनिवार  आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री प्रेमभक्त महर्जनले क्लबको उद्घाटन गरेका हुन् । 

उनले समाजलाई एकतामा बाध्न र युवाहरुमा जागरण गराउनमा क्लबको भूमिका अनिवार्य हुने बताए । उनले भने,‘ समाजमा आइपर्ने समस्याहरुलाई क्वबको माध्यमबाट टेवा पु¥याउन सक्षम युवा नेतृत्वदायि भूमिकाका लागि क्वब आजको आवश्यकता बनेको छ ।’

क्वलको समितिमा ११ जनाको अहिले कार्यसमिति रहेको छ भने अध्यक्षमा पवन शाही रहेका छन् । शाहीको नेतृत्वले क्वबलाई निरन्तर अघि बढाउने क्षेत्रका खेलाडीहरु उत्पादन गर्नका लागि क्वलको प्रमुख भूमिका हुने जनाइएको छ ।

 कार्यक्रममा बोल्दै क्लवका शाहीले  यो क्लब विशुद्ध सेवामूलक संस्था भएको बताए । उनले भने,‘यसमा हामीले विभिन्न अवसर नपाएका खेलाडीहरुलाई यस क्वलमा जोडेर एउटा सक्षम नेतृत्व भएको खेलाडी उत्पादन गर्ने र सामाजिक कार्यमा सक्रिय  रहने मात्र हो ।’