रुबीभ्यालीलाई पछि पार्दै सिंगङ्गले जित्यो भलिबलको १ लाख १ हजारको पुरस्कार 

7.71k
Shares

धादिङ ।

स्व मनोज श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगितामा सिंगङ्ग एकता समाज खनियाबास प्रथम भएको छ । प्रतियोगिताको पुरुष तर्फको फाईनल खेल आइतबार बिहान धादिङबेसीमा भएको थियो । 

फाइनल खेलमा सिंगङ्ग एकता समाज खनियाबासले रुबीभ्याली गाउपालिकालाई २५-२०, २५-१९ र २५-१९ को सोझो सेटमा पराजित गर्दै १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितेको  आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तिलक गुरुङले जानकारी दिए । 

प्रतियोगितामा सिद्धलेक र गंगाजमुना गाउँ पालिकाको टिम तृतीय भयो । 

दोस्रो भएको रुवीभ्यालीले नगद ५५ हजार ५५५ र सेमिफाइनल पुगेका गंगाजमुना र सिद्धलेकले २० र २० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन् ।
११ पालिका सहभागी प्रतियोगिता मंसिर ६ गतेबाट सुरु भएर ९ गते सकिएको छ । 

 प्रतियोगिताभरबाट सर्वोकृष्ट खेलाडी – योहाङ तामाङ, उत्कृष्ट सर्भर  दिलीप तामाङ (सिङ्‌गम एकता समाज), उत्कृष्ट डिफेन्डर  कोबहादुर तामाङ (रुवी भ्याली),  उत्कृष्ट सेंटर( उपेन्द्र तामाङ, उत्कृष्ट मिडिल ब्लगर सुजन तामाङ (सिङगम एकता समाज), उत्कृष्ट स्पाइकर प्रकाश तामाङ (रुवी भ्याली) र उत्कृष्ट कोच जस बहादुर तामाङ(सिङ‌गम एकता समाज) घोसित भएका छन्  ।

 उत्कृष्ट खेलाडीहरुलाइ नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिका प्रमुख रणबहादुर तामा र ज्वालामुखी गाउँपालिका प्रमुख यमनाथ दनैले मेडल, ट्रफि, नगद पुरस्कार प्रदान गरे ।