काठमाडौं ।
भद्रकाली र पारामाउन्टले १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । भद्रकालीले सिनियर ब्वाइज तथा पारमाउन्टले जुनियर ब्वाइजमा जित हात पारे ।
भद्रकालीले निस्टलाई २८–२२ ले पराजित ग¥यो । भद्रकालीका सुशान्त थिङले १३ अंक जोडे । पारामाउन्टले क्यान्भासलाई २६–२३ ले हरायो । पारामाउन्टका सुदिप घलेले ६ अंक जोडे ।
सिनियर ब्वाइजमै गोल्डेनपिकले बागमतीलाई ३८–३४, भ्याली पब्लिक ‘बी’ ले एनबीएफएलाई ४७–३५, नेसनल युनाइटेडले डिआर मेमोरियललाई ४१–३२, गेटवेले रेडियन्टलाई ५३–४० तथा त्रिज्योतिले जाग्रितीलाई ३६–३५ र एनबीएफएलाई ३९–२९ ले पाखा लगाए ।
जुनियर ब्वाइजको अन्य खेलमा गोल्डेनपिकले संस्कारलाई ३८–२५, रेडियन्टले नेक्ससलाई १६–१०, ग्रिनल्यान्डले जेनियमलाई २७–२०, ग्रिनफिल्डले एन्जल्स हार्टलाई १९–१७ र हिमरश्मिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २३–१५ ले पन्छाए ।
सिनियर गल्र्समा बागमतीले भद्रकालीलाई २८–१५, भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई ४३–३२, हिमरश्मिले एक्टिभलाई २१–१५, ग्रिनल्यान्डले त्रिज्योतिलाई २९–२०, भ्याली पब्लिक ‘बी’ ले रेडियन्टलाई ४९–४० र त्रिज्योतिले केभीकेएसएसलाई ११–७ ले पराजित गरे ।
प्रतिक्रिया