काठमाडौं ।
काठमाडौंका सुगत मानन्धरले यस वर्षको परेवा उडान प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् । उनको परेवा कुल ३८ घण्टा ३० मिनेट सम्म उडेको थियो । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै, दोस्रो स्थानमा कविन श्रेष्ठको परेवा (३४ घण्टा ८ मिनेट) र तेस्रो स्थानमा वीरेन्द्र श्रेष्ठको परेवा रहे । दोस्रो र तेस्रो स्थानमा आउनेले क्रमशः ३५ हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी चौथोदेखि छैटो स्थानसम्म हरिश भुजु (२० घण्टा ५१ मिनेट), तुलसीकुमार साहुखल (९ घण्टा १० मिनेट) र सुमन फुयाल (६ घण्टा २४ मिनेट) का परेवाहरु रहेका थिए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैंया प्राप्त गरेका थिए ।
त्यस्तै, प्रतियोगितामा दिनेश श्रेष्ठको परेवा उत्कृष्ट बनेको थियो । उक्त परेवा ११ घण्टा १४ मिनेटसम्म उडेको थियो । उनले रु २० हजार पुरस्कार जिते । नेपाल परेवा उड़ान खेल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा ८४ जनाका परेवाका मालिकले भाग लिएका थिए । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेबाहेक वुटवल र वर्दिवासबाट पनि सहभागि जनाएका थिए ।
नेपाल परेवा उड़ान खेल संघको २५ औं रजत जयंती पुरस्कार वितरण समारोहमा विजयीहरुलाई पुरस्कृत गरिएको थियो । पाकिस्तानको लाहौरबाट आएका प्रमुख अतिथि उस्ताद मोहम्मद हाजी गÞुज्जर, विशेष अतिथि पंछी संरक्षण संघका अध्यक्ष डा. करण शाह, पूर्व अध्यक्ष कृष्ण प्रजापति, नारायणबहादुर श्रेष्ठलगायत संस्थाका संरक्षक कुमार गोरख शमशेर जबराले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया