काठमाडौं ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी बाकु पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्।
‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यतालिका रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गरेका थिए। सम्बोधनमा राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए।
प्रतिक्रिया