काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफूलाई सहकारी ठग भनिएको प्रति आपत्ति जनाउँदै आफ्नी पूर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानिबन गर्न सक्ने उल्लेख गरेका छन्।
गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिक जसो सार्वजनिक कार्यक्रम र मिडियाहरूमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्।
उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया