अफगानिस्तानले जित्यो बङ्गलादेशविरुद्धको एकदिवसीय सिरिज


काठमाडौं ।

अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ। गए राति सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रन बनाएको थियो ।

योसँगै अफगानिस्तानले बङ्गलादेशविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बङ्गलादेशले जितेको थियो ।