प्रकृतिको वितण्डाले तिहारलाई खासै असर नगरे पनि दशैँलाई भने बिस्मात् उपहार छोडेर गयो। दशैँको मेसो पहिल्याउँदै गर्दा कतिले घरभित्रै पुरिएर ज्यान फाले, अनि कतिले सवारी यात्रामा जाम खुल्ने प्रतीक्षा लामो भएपछि सुस्ताउँदै गर्दा सवारीसाधनभित्रै देहत्याग गरे।
प्राकृतिक प्रकोपमा विनाशको शृङ्खला बढ्दै जाँदा धेरैले वर्षात र भूबनोटलाई धारेहात लगाएको देखिन्छ। तर यो न्यायोचित कुरा हैन। खोला थुनेर भौतिक संरचना निर्माण गर्ने, आधुनिकताको नाममा परम्परागत विधिलाई नामेट गर्ने, वन विनाश र कङ्क्रिट शहर निर्माणमा अग्रसर हुनेजस्ता लापरबाहीको हदपार निरन्तरताको परिणाम हो भन्न किञ्चित सङ्कोच मान्नुपर्ने अवस्था छैन।
असार, साउन, भदौतिर पानी पर्ने कुरा प्राकृतिक हो। तर त्यसको मात्रा प्राकृतिक दोहनपछि उत्पन्न जलवायु परिवर्तनको असरले निर्धारण गर्न थालेको छ। कहिले अति वर्षा हुने, कहिले सुख्खा लाग्ने, हिमाल काला हुँदै जाने, कृषि उत्पादन हाइजनिक हैन हानिकारक बन्दै जानेजस्ता समस्या जलवायु परिवर्तनको परिणाम हो। र, जलवायु परिवर्तन मानिसहरुको हदपार निरन्तरताको उपज।
प्रत्येक दशैँमा म मेरी आमाको धुमिल मुहार परिकल्पना गर्छुु । क्षितिजपारि गौरीशङ्कर हिमशृङ्खलाको चेपबाट छरिएका प्रकाशका किरणहरुलाई बादलुुले छाया पारेर मैलो बनाएजस्तै मेरो खुशीको चिन्तामा मेरी आमाको मुहार धुमिल भएको तर्कना मनभित्र कुुदिरहन्छ ।
दशैँ शुरुवातसँगै मेरी आमा, कष्टसँग जोहो गरेर थैलीमा सुरक्षित राखेको पैसा निकालेर मेरो खुशी किन्न कपडा पसल र टेलरतिर दौडिएको पल कतै अलमलिएको मेरो दैनिकीसँग अहिले पनि हातेमालो गरिरहेको जस्तो लाग्छ। कर्तव्यको संस्कार र समस्याको पहाडले अँचेटिएको यो समय मेरा लागि आमाको स्नेही दरिलो हात कति भरोसायोग्य हुने थियो। रोगैरोगले थलाएर मेरी आमालाई लैजाने अपराधी यमराजलाई मेरो सरापले कहिल्यै फरक पारेको देखिन। चित्रगुप्तको लेखाजोखामा यमराजले यो दशैँमा समेत सयौँका खुशीहरुलाई झ्याप्ले खोला, रोशी खोलालगायतका ठाउँमा पुर्दै र बगाउँदै लगिदिएको छ। मैले मेरी आमाको अभावमा यमराजलाई सरापेको थिएँ, उसले त मजस्तो सयौँको अभिभावक र परिवार खोसिरहेको छ।
आमाको स्मृतिसँग प्रकृतिको काखमा रमाएको धेरै अतीत गुजुल्टिएको छ मेरो मानसपटलमा । चरिकोटको बतासे डाँडामा चोथ्रो र घँगारुको पोथ्रामा रमाउँदै गौरीशङ्कर हिमशृङ्खलाको सेताम्य हिउँका थुप्राहरुले लोभ्याउने दृश्यलाई अहिले कङ्क्रिटका बडेमानका बिल्डिङहरुले छेलिदिएको देख्दा कताकता आँतेस लाग्छ । कोटिहोमको दायाँ हुुँदै बगेको खोलामा पौडिएर बडेमानको ढुुङ्गामा पल्टिँदै दिनभरि पारिलो घाममा रमाएको सम्झना खोलै थुनेर बनेको घरले भताभुुङ्ग बनाइदिएको छ।
कुनै दिन प्रकृति रिसाएर खोलाले आफ्नो ठाउँ खोज्यो भने के होला हालत ? चित्रगुप्तको निर्देशन पालना गर्न यमराजलाई यो उपयुक्त बहाना बन्दैन र ! अनि फेरि हामी प्रकृतिलाई नै दोष दिइरहेका हुुन्छौँ । कङ्क्रिट र अप्राकृतिक दोहनले बढ्दै गएको जलवायु परिर्वतनको कारण आकाशको गर्जन र पानीको भेललाई थेग्न खोलाले आफ्नो बाटो खोज्नु कहाँ अपराध हुुन्छ ? यसमा प्रकृतिको दोष कसरी हुुन्छ ? आफ्नो अपराध लुकाउन प्रकृतिलाई सत्तोसराप गर्ने मानिसको स्वभाव कतैबाट पनि स्वाभाविक लाग्दैन ।
ऊ बेला आमाले चोथ्रो र घँगारुले बारेको बारीमा उमारेको लसुुन, प्याज, रायोको साग, केराउ, डल्ले खुर्सानी कति स्वादिला हुुन्थे। मौसमअनुसार हुुने विभिन्न तरकारी र अन्नबालीका लागि बाख्रा–कुुखुुराको थुपारिएको कम्पोस्ट मल फिजाउँदै बारीको झ्यास पोल्ने बेला हामी केटाकेटी रमाएर माटोमा लडिबुुडी गथ्र्यौं । अस्ताउँदो सूर्यको घुर्मैलो उज्यालोमा कपडाभरि माटो दलेर कान्ला उफ्रँदै रमाउनुुको मजा नै छुुट्टै थियो ।
फुस्रो अनुहार र फोहोर लुुगासँग बिच्छ्यौनामा लम्कने पाइलालाई आमाको चड्कन र गालीले रोकिदिँदा पनि पीडा हैन खुशीसँग धड्कन्थ्यो मुटुुको चाल । अनवरत मनका चाहनाले उछालिरहने छालहरु आमाको त्यही स्नेही चड्कनसम्म पुुग्न उद्वेलित छन् अहिले पनि ।
अब त काँडेतारको बार र युुरिया मलको गन्धले बारीका पाटातिर टेक्नै नसकिने हुुन्छ । अनि त्यस्तो विषादी युुरिया मल प्रयोग भएको तरकारीको न स्वाद हुुन्छ, न स्वास्थ्यलाई नै राम्रो गर्छ । विभिन्न विषादीको कारण माटोको उर्वर क्षमता ह्रास हुुने क्रम एकातिर बढ्दै छ, अर्कोतर्फ आकाशको पानीलाई जमिनले उपयुक्त मात्रामा सोस्न नसकेपछि अति वृष्टि र अनावृष्टिको समस्या पनि बढ्दै गएको छ । चरिकोटमा पुुस–माघमा फुसफुसाउने हिउँका अल्लारे छिर्काहरुले बाटो मोडेका छन् । अब चरिकोटमा यस्ता छिर्काहरु देखिन छोडेका छन् । आकल्लझुक्कल केही वर्षको अन्तरालमा आउने त्यस्ता छिर्का पनि चैत्र–वैशाखतिर पो बर्सन्छ ! ऊ बेला पुुस–माघमा बर्सने हिउँका छिर्काहरु र शीतका सेताम्य लहर तरकारी तथा अन्नबालीको लागि वरदान थियो । अब चैत्र–वैशाखतिर बर्सने तिनै हिउँका छिर्का कृषकलाई अभिशाप बन्ने गरेको छ ।
तरङ्गित स्मृतिका पलहरु कति सुखद ! जब दशैँ आउँथ्यो घरमा मामा, माइजूु, दाजुुलगायत परिवारका धेरै सदस्यको आगमन हुुन्थ्यो । मुुलाको सागसँग भुुटेको मकै टोक्दै घरको आँगनमा बसेर वर्षभरिका परिघटनासँग सरोकार राख्ने विषयमा बात मार्दा कम्ता रमाइलो हुँुदैनथ्यो । अनि आफन्तसँग रमाइलो गर्दै जुटपत्ती खेल्ने मेसोमा घरका केटाकेटीले सुुटुुक्क पैसा लगेको र जिताउरी लिन खेल स्थलमै धर्ना दिएको सम्झनाले अहिले पनि रक्तसञ्चारलाई तेज गरिदिन्छ ।
अब त दशैँमा आफन्त घर फर्कने हैन, शहर र विदेश जाने क्रम बढेको छ, अनि मुुलाको सागसँग मकै खाने कुरा पनि हराउँदै गएजस्तो लाग्छ । साहित्य लेखन, अध्ययन र जलवायु परिवर्तनको विषयमा चासो राख्ने भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत भन्दै थिए– यसपटक हाम्रो परिवारको आधा संख्या अमेरिका र मसमेत आधा संख्या काठमाडौँमा दशैँ मनाउने तयारीमा छौँ । राउतजीको जस्तै गाउँघर मुकाम भएका धेरै परिवार अहिले, यसै गरी विदेश र काठमाडौँमा दशैँ मनाउने तयारीमा देखिन्छन् । किनभने गाउँघरका अधिकांश युवा–युवती अध्ययन र रोजगारीको लागि कि विदेश, कि शहरतिर लागेका छन् । उनीहरु गाउँ फर्कन नसक्ने भएपछि बाबुु–आमा र परिवारका सदस्यलाई आफू भएतिरै बोलाउँछन् ।
युुवा विदेशिने क्रमसँग जलवायुु परिवर्तनको सरोकार होला कि नहोला ? मेरो मनमा सूलझैँ गडेको छ यो जिज्ञासा । पछिल्लो परिघटनालाई नियाल्दा धेरै हदसम्म जलवायु परिवर्तनको असरले गाउँघरका मानिस शहर र विदेशमा पलायन हुुँदै गएको निष्कर्षमा म पुुगेको छुु । जलवायु परिवर्तनकै कारण पानीको अभाव, भूूक्षयको त्रास, बाँदर आतङ्कजस्ता समस्याले गाउँका धेरै बस्तीहरु नै स्थानान्तरण हुुनुुपरेका उदाहरण पनि छन् । त्यसरी आफ्नो मुुकाम छोडेर बस्ती नै स्थानान्तरण हुुनुुपरेको पीडामा उनीहरुको दशैँ कति सुखद हुन सक्ला र ! आफ्नो रैथाने भूमिमा चाडबाडमा गरिने पूजा–आराधना, भेटघाट, नाचगानजस्ता सुखद संस्कार पक्कै पनि अर्को समाज र भूूमिमा हुन सक्दैन।
ऊ बेला आमाले चोथ्रो र घँगारुले बारेको बारीमा उमारेको लसुुन, प्याज, रायोको साग, केराउ, डल्ले खुर्सानी कति स्वादिला हुुन्थे। मौसमअनुसार हुुने विभिन्न तरकारी र अन्नबालीका लागि बाख्रा–कुुखुुराको थुपारिएको कम्पोस्ट मल फिजाउँदै बारीको झ्यास पोल्ने बेला हामी केटाकेटी रमाएर माटोमा लडिबुुडी गथ्र्यौं । अस्ताउँदो सूर्यको घुर्मैलो उज्यालोमा कपडाभरि माटो दलेर कान्ला उफ्रँदै रमाउनुुको मजा नै छुुट्टै थियो।
जलवायुु विज्ञ डा. धरमराज उप्रेतीसँग गाउँबाट युवा पलायन र जलवायु परिवर्तनबीचको सम्बन्ध केलाउने प्रयत्न गरेँ । यो विषयमा डा. उप्रेतीले लामै व्याख्या गर्नुभयो । प्रकृतिलाई बुुझ्न नसक्दा मानिसले धेरै गल्ती गर्ने र त्यसैबाट अति वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आइलाग्ने जलवायु विज्ञ डा. उप्रतीको विश्लेषण छ । यसरी शुरु हुुने प्राकृतिक विपत्तिका कारण बस्ती सर्नुपर्ने, कृषि उत्पादनमा ह्रास आउनेलगायतका समस्या भई आर्थिक सन्तुलनमा गडबड हुुने र युवाहरु शहर वा विदेशतिर पलायन हुुनुुपर्ने जलवायुु विज्ञ डा. उप्रेतीको निचोड थियो ।
मेरो कोरा अनुमान र जलवायुु विज्ञ डा. उप्रेतीको अध्ययनको निष्कर्षबीच समानता भेटियो। जलवायु परिवर्तनका कारण गाउँ–गाउँबाट युवा पलायनको क्रम बढिरहेको छ भन्ने कुरा झट्ट सुुन्दा अनौठो लाग्छ तर सत्य यही हो । आफ्नै गाउँ–ठाउँ सुुरक्षित, सुविधासम्पन्न र आर्थिक उपार्जनको हिसाबले उर्वर छ भने कसलाई मन हुुन्छ र आफ्नो थातथलो छोडेर हिँड्ने । तर मानवीय त्रुटिकै कारण पृथ्वीको तापक्रम बढ्दै जाने, वर्षा र हिमपातमा अनियमितता, भूूक्षयको खतराजस्ता समस्याले कृषि उत्पादनमा ह्रास आउने र आर्थिक उपार्जन शुुन्य हुुने अवस्थाले मानिसलाई विदेशी भूूमिमा घचेटिरहेको छ।
पछिल्लो समय नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाअन्तर्गतको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (ईबीए) आयोजनाले दोलखालगायत देशको विभिन्न जिल्लामा पारिस्थितिकीय प्रणालीमा आधारित कार्यक्रमअन्तर्गत बारीमा लगाइने तरकारी तथा अन्नबाली जोगाउन चोथ्रो, घँगारुहरुको बार लगाउने, जङ्गली जनावर र घरपालुुवा जनावरकै लागि पनि चरण क्षेत्रहरुमा पोखरी बनाउने, बारीका कान्लाहरु जोगाउन पर्खाल लगाउनेजस्ता साना– साना काम गरिरहेको छ। यो काम हेर्दा सामान्य लाग्छ तर यसले जलवायु परिवर्तनबाट हुने असर कम गर्न निकै सहयोग पुगिरहेको छ।
समयसंँग भित्रने प्रविधि र विकासलाई रोक्न सकिँदैन । तर हामीले आधुनिक प्रविधिलाई परम्परागत मान्यता र प्राकृतिक सुुरक्षामा सतर्क रहेर उपयोग गर्न सक्ने हो भने यसले जमिनको उर्वरता र कृषि उत्पादनमा टेवा पुग्नेछ। र, गाउँघरमै रोजगारी सृजना भई युवा पलायनको आवश्यकता नै हुँदैन। अनि यसको प्रभावले विस्तार–विस्तार मानिसहरु गाउँ नै फर्कने र विगतमा झैँ सबै जम्मा भएर आफ्ना परम्परागत संस्कृतिअनुसार दशैँ–तिहार मनाउने अवसर जुुट्ने अपेक्षा गर्न सकिन्छ।
प्रतिक्रिया