मेष : दिन शुभ फलदायक छ । राज्यबाट लाभ, यश–कृति, कार्य सिद्धि, मन प्रफुल्लित होला।
वृष : शुरुमा स्वास्थ्य समस्या हुन सक्छ तर बेलुका मान–प्रतिष्ठा, कार्य सफल हुन सक्छ।
मिथुन : समय शुभ छ । धन लाभ होला तर बेलुका भने स्वास्थ्यमा गडबड आउन सक्छ।
कर्कट : समय बलवान् छ । आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।
सिंह : दिन शुभ भएकाले कार्य सफल, धन लाभ, परीक्षा, खेलकुद आदिमा विजय हुने देखिन्छ।
कन्या : दिनभरि स्वास्थ्य समस्या आउन सक्छ तर बेलुका स्वस्थता, कार्य सफल हुन सक्छ।
तुला : दिन शुभ हुँदा लाभ–पराक्रम होला तर बेलुका विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ।
वृश्चिक : दिन उत्तम छ । धन लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला।
धनु : समय शुभ छ । खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ।
मकर : सजग रहनुस्, तनाव निम्तिन सक्छ । तर बेलुका उपहारादि वस्तु प्राप्तिको सम्भावना छ।
कुम्भ : उत्तम भोजन, आर्थिक लाभ भए पनि बेलुकाको समयमा विवाद एवं दुःख झेल्नुपर्ला।
मीन : दिन शुभ फलदायक छ । सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख होला ।
प्रतिक्रिया