काठमाडौँ।
सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ।
मंगलबार पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको हो। त्यसक्रममा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धाका लागि दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर उनको रिहाईको माग गर्दै सरकारमाथि दबाब बढाइरहेका हुन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा समर्थनले लामिछाने पक्राउको भोलिपल्टैदेखि पोखरा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया