काठमाडौँ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकालाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छन्। घाइतेलाई स्थानीय स्वास्थ चाैकी र जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका पठाईएको छ।
प्रतिक्रिया