काठमाडौँ।
काठमाडौँ विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई पत्नी शोक परेको छ ।नेपालका शैक्षिक धरोहर शर्माकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको ७४ वर्षको उमेरमा काभ्रेको धुलिखेलस्थित आफ्नै निवासमा बुधवार बिहान निधन भएको हो।
परिवारका अनुसार उनले उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गर्दै आएकी थिइन् । तर, दैनिक नृत्य कर्म गरी बिहानीको व्यायाम गर्ने, हिँड्ने लगायत घरको सम्पूर्ण कामहरु गर्दै आएकी थिइन् । १४ गते बिहान पनि उनी उठेर दैनिक झै व्यायाम गरी ध्यानमा बसेकी र सोही क्रममा मृत्यु भएको हो । उनका ४ जना सन्तानमा कान्छी छोरीको भने स्वर्गारोहण भैसकेको छ।
पशुपति आर्यघाटमा अन्त्येष्टि गरी सुकेधारा हाइट मोक्ष मार्गमा कान्छो भाइ मुकुन्द शर्मा काज किरियाको लागि बस्नु भएको छ। त्यस्तै डा शर्मा नजिकै धुम्बाराइ हाइट ग्रीनहिल सिटी कान्छो भाइको निवास कोलोनीको १३ नम्बर भवनमा बस्नु भएको छ।
प्रतिक्रिया