काठमाडौँसहित बागमती र कोशीमा हल्का वर्षा, मङ्गलबारदेखि मौसममा सुधार हुने


काठमाडौँ।

बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ । भाइटीकाको मुख्यदिन टीका लगाउन जानेहरु पानी परेपछि केहीबेर रोकिनु परेको थियो। उपत्यकाको बौद्ध जोरपाटी र चाबहिलमा वर्षा हुँदा उपत्यकाक अन्य स्थानमा भने मौसम धुम्म परेको थियो।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार भोलि (सोमबार ) विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन् । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन् ।