भैरहवा।
थाई एसिया एयरलाइन्सले बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब सातामा दुईपटक नियमित उडान गर्नेछ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो।
थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाँैमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम हुन नपाएको राउतले बताए।
भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया